मुख्यमन्त्री कार्कीलाई जसपाले विश्वासको मत नदिने

विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी (जसपा) ले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेसशभाको बैठकमा जसपाले तटस्थ बस्ने निर्णय गरेको हो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासका मत नदिने निर्णय गरेको बताउनुभयो । जसपाको प्रदेश समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । कोशी प्रदेसभामा जसपाबाट एक मात्र सांसद निर्मला लिम्बू हुनुहुन्छ ।

Back to top button