कोशीलाई मध्यावधीबाट जोगाउन कार्कीलाई समर्थन गरेका हौं : राजेन्द्र राई

विराटनगर । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशलाई मध्यावधी निर्वाचनतिर जानबाट जोगाउन गठबन्धनका उम्मेदवार केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै नेकपा एसका सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले कोशीलाई मध्यावधी निर्वाचनमा जान नदिन गठबन्धनका उम्मेदवार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको दावी गर्नुभयो।

‘कोशीलाई मध्यावधी निर्वाचनबाट जोगाउनुपर्छ भन्ने जनताको चाहनालाई मध्यनजर गर्दै हामीले गठबन्धनका उम्मेदवार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका हौं,’उहाँले भन्नुभयो,‘विश्वासको मत दिनेछौं।’

Back to top button