माओवादी केन्द्रले गठबन्धन बचाउन सभामुखको पद छाडेको हो : दुर्गा चापागाईं

विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईंले माओवादी केन्द्रले गठबन्धन बचाउन र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुखको पद त्याग गरेको स्मरण गराउनुभएको छ ।

प्रदेश सभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट सांसद चापागाईंले सभामुखको राजीनामाको स्मरण गर्दै यस्तो बताउनुभएको हो ।

प्रदेश सभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरु निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र अनुगमन लगायतका काम हुन नसकेको उहाँले बताउनुभयो।

सांसद चापागाईंले प्रदेशको सुशासन र विकासलाई तीव्रता दिनुपर्ने, स्थायित्व दिन लाग्नुपर्ने बताउँदै प्रदेशमा देखिएको अस्थिरता अन्त्य गर्न गठबन्धनको निर्णयअनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिनुभयो। विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षीमा बस्ने उहाँको भनाइ थियो ।

Back to top button