राष्ट्रियसभा निर्वाचनको तयारीमा आयोग, मितिबारे सरकारसँग परामर्श

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी तयारी अगाडि बढाएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।

राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्य हरेक २–२ वर्षमा रिक्त हुने गर्दछन् ।

Back to top button