
काठमाडौं । जुवा खेल्दा–खेल्दै पक्राउ पर्नुभएका गजित विष्ट, सुलेमान शंकर, चक्र बमसहितका कलाकार धरौटी बुझाएर छुट्नुभएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उहाँहरूलाई जनही १५ हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।
काठमाडौं प्रहरीले कात्तिक ११ गते उहाँहरूसहित ९ जनालाई एउटै जुवा खालबाट पक्राउ गरेको थियो ।