नेपाल–ओमानबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र ओमानबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुग्नुभएको छ ।

टीयु मैदानमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले ओमानलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले ६ विकेटको क्षतिमा ओमानविरुद्ध १ सय ८४ रन बनाएको हो । अहिले नेपालविरुद्ध ओमानले ब्याटिङ गरिरहेको छ । ओमानले १ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ ।

Back to top button