
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार डा.भुसाललाई नियुक्त गर्नुभएको हो ।
त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाको कार्तिक १६ गतेदेखि पदावधि समाप्त भएको थियो ।
प्रधानमन्त्री कार्यालयका अनुसार बास्कोटाको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री एवं कुलपतिबाट २०८० कार्तिक १७ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोकिएको हो।