माओवादीले स्थगित गर्यो सडक संघर्षको कार्यक्रम

काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २२ गते गर्ने भनिएको सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिने भएको हो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । ‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भयो ।

Back to top button