सुनको मूल्य घट्यो

काठमाडौं। आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो आइतबारको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले कम हो।

आइतबार सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, सोमबार तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ।

आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Back to top button