प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

Back to top button