एमालेको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिनु भयो।

सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने गौतमको भनाइ छ।

Back to top button