निफ्राले घोषणा गर्यो लाभांश

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसर्थ बैंकले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष पनि कम्पनीले सोही अनुपातमा लाभांश वितरण गरेको थियो।

Back to top button