
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । सुनुवाइका लागि आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा पेसी तोकिएको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पाँचौ नम्बरमा मुद्दाको पालो परेको छ । मुद्दाको सुनुवाइ आज हुने नहुने कुनै निश्चित छैन ।
लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटक–पटक स्थगित हुँदै आएको छ ।