
काठमाडौं । गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।
यस्तै, सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था छ ।