
विराटनगर । विश्वकप क्रिकेटको उपाधी जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछी भारत्ले ब्याटिङ थालेको थियो । भारतले ५० ओभरमा २४० रन बनाउँदै २४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्याउनुभएको थियो । उहाँहरूले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नुभयो ।
कोहली ५४ र राहुल ६६ रनमा आउट हुनुभयो । साताैं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाउनुभयो ।
यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट हुनुभयो ।
यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट हुनुभयो । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिनुभयो ।