
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.२७ मेघौलीको सामुदायिक वनमा एक पोथी बाघ मृत फेला परेको छ । निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ७ वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो ।
शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ । यस्तै चालु आर्थिक वर्षमा मरेको यो पहिलो बाघ हो ।
चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा १ सय २८ बाघ रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालभर ३ सय ५५ बाघ छन् ।