एमालेका ११ सय स्वयंसेवक जाजरकोट र रुकुममा परिचालन

जाजरकोट । भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी आवास निर्माणका लागि नेकपा एमालेका ११ सय स्वयंसेवकको टोली आजबाट काममा खटिएको छ ।

एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा ११ सय स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो ।

२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान केन्द्रीय सदस्यसमेत रहनुभएका प्रमुख पौडेलले जानकारी दिनभयो । स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यस अघि नै मैदानमा क्रियाशील छ ।

यस्तै, पौडेलका अनुसार १५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।

Back to top button