युनिलिभरद्वारा भूकम्प पीडितलाई १ करोड

काठमाडौं । युनिलिभर नेपालले भूकम्पपीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनालाई साथ दिन ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ योगदान गरेको छ ।

कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेका हुन्।

युनिलिभरले कात्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट र रुकुम जिल्लाका भूकम्प प्रभावितलाई पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुपलगायत राहत सामग्री यसअघि नै सहयोग गरिसकेको छ।

Back to top button