पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिबार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताउनुभयो।

बढी जलेको कारण ३ जनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिनुभएको छ ।

Back to top button