डोटीमा एक युवक मृत फेला

डोटी । डोटीमा एक जनाको शव फेला परेको छ । आज दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा ३० वर्षीय समीर भट्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।

उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका–५ का भट्ट मृत फेला परेको जानकारी पछि प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको छ । मृतकका आफन्तले भने हत्या भएको आशंका गरेका छन् ।

Back to top button