जलेश्वरमा रास्वपा बैठक जारीः प्रमुख सचेतकबाट प्रतिवेदन पेश, दलको भूमिकाबारे समीक्षा

काठमाडौं । महोत्तरी जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बसेको छ । केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्नुअघि संसदीय दलको बैठक बेग्लै बसेको हो ।

बैठकमा प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा दलको भूमिकाबारे समीक्षा हुने प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो। बैठकमा उहाँले संसदीय दलको तर्फबाट प्रतिवेदन प्रस्तुत पेश गर्नुभएको छ ।

प्रतिवेदनमा पार्टीका सांसदहरुले संसद अधिवेशनका खेलेको भूमिका, मुद्दा उठानलगायत समसायिक बिषयलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका छन्।

आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गर्नुभएको छ । हिजोबाट सुरु भएको रास्वपाको बैठक भोलिसम्म चल्नेछ । रास्वपाले पछिल्लो समय मधेश केन्द्रित अभियान चलाउँदै आएको छ ।

Back to top button