सत्ता गठबन्धनका कारण देश दुर्गतितर्फ गयो : एमाले अध्यक्ष ओली

बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्दनका कारण हरेक क्षेत्रमा देश दुगर्तीतर्फ गएको बताउनुभएको छ ।

एमाले बैतडीले बैतडीको पाटनमा बुधबार आयोजना गरिएको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले देश राजनीतिक रुपमा अस्थितरतातर्फ धकिलिएको र आर्थिक रुपमा टाट पल्टदै गएको बताउनुभयो ।

‘हामी एमाले सरकारमा हुँदा तिब्र रुपमा प्रगती गर्ने विश्वका दश वटा देशमध्ये नेपाल पनि पथ्र्यो तर अहिले हरेक क्षेत्रमा टाट पल्टदैं गएको छ,’उहाँले थप्नुभयो,‘शिक्षा क्षेत्रमा व्यापारिकरण र निजिकरण भएको छ। विकास कमिशन र भ्रष्टाचारको अखडा बनेको छ । धेरै वन र खेतीपाती भएको नेपाल एसिया महादेशकै गरिबको सूचीमा परेको छ। नागरिकमा निकै निराश बढेको छ।’

हाम्रो पालामा विश्व बैंकले नेपालको समृद्धीको आशाको दियो बलेको प्रति खुशी व्यक्त गरेको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले २०७२ को महाभुकम्पको बेला क्षतीग्रस्त ९ लाख घरहरुको पुनःनिर्माण ३ वर्षमै सम्पन्न गर्दा विश्व समुदाय नैं चकित परेको बताउनु भयो। उहाँले कोरोनाको समयमा स्वास्थ्य क्षेत्रमा भएको प्रगतीका बारेमा उत्साहित देखिएको विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० पनि नेपालको पछिल्लो स्वास्थ्यको अवस्था देख्दा निकै निराश देखिएको उल्लेख गर्नुभयो।

‘हामीले सरकारको नेतृत्व गरेको बेला ७ प्रतिशतले देशको उत्पादकत्व वृद्धी भएको थियो। हरेक दिनमा ६ दशमलव ६ किलोमिटरका दरले सडक निर्माण भएको थियो। हजारौं पुल निर्माण भए। हाम्रो भूगोल सामेल गरेर नक्सा बनायौं। काठमाडौंलाई दिल्ली र बेइजिङसँग जोड्नेकाम शुरु गयौं। हामीले गरेको देश विकासको गतिलाई पचाउन नसकेका प्रतिक्रिया वादी शक्तिहरुले हाम्रो सरकार ढाक्न अनेक तिकडम गरे’ उहाँले भन्नुभयो।

सत्ता बचाउने धाउन्यमा केन्द्रीत हरेको वर्तमान सरकारले देशमा सुशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा दिन नसकेको उल्लेख गर्नु भएका अध्यक्ष ओलीले देशमा कमिसनतन्त्र हाबी भएको र कमिसनले गर्दा देशको आर्थिक अवस्था डामाडोल भएको बताउनुभयो।

उहाँले भन्नुभयो विश्वमा अर्थतन्त्र अगाडि बढिरहेको बेला हामी एमालेलाई सत्ताबाट बहिर्गमन गर्न अनेक हतकण्डा प्रयोग गरेको वर्तमा सत्ता गठबन्दनले अहिले नेपालको अवस्था बेहाल बनाए।’

Back to top button