नेकपा एसका केन्द्रीय सदस्य विष्ट र जिल्ला अध्यक्ष भट्टसहितका नेता एमालेमा प्रवेश

बैतडी । नेकपा एकीकृत समाजवादी (एस)का केन्द्रीय सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्टसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छ ।

‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत गोठलापानीमा भएको विशाल जनसभामा एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित नेकपा (एकीकृत समाजवादी)का बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोली (पाटन नगरपालिकाका पुर्व उप–मेयर) लगायतका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

आज बिहान बैतडीबाट एमालेले ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को सुरुवात गरेको छ । झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको हो।

Back to top button