टी–२० राष्ट्रिय क्रिकेटको फाइनलमा आर्मी र मधेसले खेल्ने

काठमाडौं । मधेस प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेसले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा मधेसविरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो ।

एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाइ जिताउन सक्नुभएन् । प्रदीप ५५ रनमा आउट हुनुभयो भने सन्दीपले ५४ रन बनाउनुभयो ।

मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाउनुभयो ।

यस्तै, सशस्त्रका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिनुभयो ।

Back to top button