एभरेष्टमा ब्वाईज इन्ट्रा बास्केटबल टुर्नामेन्ट सम्पन्न

विराटनगर । विराटनगर- ५ स्थित एभरेष्ट स्कूलमा छात्र बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

एभरेष्ट कलेज परिसरमा रहेको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा टीम डी प्रथम भएको छ । यस्तै टीम ए दोस्रो बनेको विद्यालयकी अतिरिक्त क्रियाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार कक्षा ७ देखी १० सम्मका विद्यार्थीहरूको समूह रहेको थियो ।

जसअन्तरगत प्रथम हुने समूह टीम डीमा प्रशान्त श्रेष्ठ, मन्नत वर्मा, अविश खनाल, मो. डेनिश शेख, आवाल बाराकोटी, रस्मित पोखरेल रहनु भएको थियो । यस्तै दोस्रो हुने समूह ए मा ओजस्वीवी कर्ण, स्वर्णिम कार्की, स्पन्दन राउत, हर्षित सिंह, मो. जीसन,विकल्प निरौला, तेजस श्रेष्ठ र विवश बराल रहनुभएको थियो ।

यसैगरी प्रतिष्पर्धी समूह बी मा योबिन टोछाकी, दिवाकर मण्डल, अभिनव रौनियार, रमन गुप्ता, कुशल अधिकारी, अर्पण चापागाईं, मुकुल शर्मा र मो. फरहान रहनुभएको थियो ।

प्रतिस्पर्धी समूह सी मा भने सफल श्रेष्ठ, कृष्ण दाहाल, सिद्दार्थ विक, अल्तामस खान, स्वप्निल थपलीया, राजु चौलागाईं, अध्ययन पोखरेल र सम्यकराज सुवेदी रहनुभएको थियो ।
आन्तरिक प्रतिष्पर्धाबाट नै खेलाडीमा निखारता आउने भएकाले बाह्य प्रतिष्पर्धाको तयारी स्वरूप टुर्नामेन्टको आयोजना गरिएको विद्यालयका भाईस प्रीन्सिपन टीएन भण्डारीले बताउनुभयो ।

टुर्नामेन्ट अन्तर्गत भोलि (शुक्रबार) छात्राहरूबिचको प्रतिष्पर्धा हुने विद्यालयले जनाएको छ ।

 

Back to top button