झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर। झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

हल्दीबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनका चौकीदार अन्दाजी ४० वर्षीय धनबहादुर वन शुक्रबार बिहान पौने ११ बजे मृत अवस्थामा फेला परेका हुन्।

जिल्‍ला प्रहरी कार्यालय झापाका अनुसार वनमा पुगेका बेला जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो।

उक्त खबरपछि प्रहरीको टोली खटिएको छ। घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Back to top button