केपी ओली कपको उपाधि जित्न आर्मीलाई १ सय ३६ रनको लक्ष्य

कास्की । केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेल सर्वाधिक ४९ रनमा अविजित रहनुभयो । उहाँले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गर्नुभयो।

कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट हुनुभयो ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३ विकेट लिनुभयो । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिनुभयो ।

Back to top button