हामी रहे पनि नरहे पनि देश सधैं रहन्छ भन्ने सम्झेर काम गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू रहे नरहे पनि देश सधैं रहिरहन्छ भन्ने मानसिकताबाट काम गर्नुपर्ने बताउनुभएको छ ।

मध्यपहाडी यात्राको क्रममा अछामको विनायक ठाउँमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहहरुले स्थानीय जनतासँग समन्वय गरेर उनीहरुको आवश्यकता अनुसार काम गर्न निर्देशन दिनुभएको छ ।

अध्यक्ष ओलीले वर्तमान सरकार कुनै गन्तव्य बिनाको भएको हुनाले देशको हितका निम्ती कुनै काम गर्न नसकेको बताउनुभएको छ । देश विकास गर्नका निम्ति एमालेकै सरकार आवश्यक पर्ने उहाँले बताउनुभयो ।

यात्राको क्रममा आफूलाई दिइएका ज्ञापन र मागपत्रहरुलाई एमालेले गम्भिर रुपमा लिने बताउनुभएको छ । उहाँले जनताका समस्या र मागलाई एमालेले सधैं शिरोधार्य गरेर नीति निर्माण गर्ने र राष्ट्रिय आत्मविश्वास बढाउने काम गर्ने बताउनुभयो ।

Back to top button