त्रिभुवन विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागि भएको छ । आज बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो । लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो ।

लगेजमा लागेको आगो तत्कालै निभाइएको उहाँको जानकारी दिनुभयो ।

Back to top button