संकल्प यात्राको क्रममा बसन्तपुरमा नेकपा एमालेको बृहद आमसभाको तयारी

विराटनगर । मध्यपहाडी संकल्प यात्रा गरिरहेको नेकपा एमालेले तेह्रथुमको बसन्तपुरमा आइपुग्दा मंसीर २८ गते बृहद आमसभा गर्ने तयारी गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीले आमसभाको लागि तयारी तिब्र पारेको हो ।

कोशी प्रदेशका एमाले अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष टीकाराम चेम्जोङ्गको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरि तयारी गरिरहेको हो । समितिको सह संयोजकमा लक्ष्मण तिवारी रहनुभएको छ ।

२५ हजार भन्दा बढि जनसहभागिता रहने बताइएको आमसभालाई ब्यवस्थित र प्रभावकारी बनाउन टीकाराम चेम्जोङ्ग संयोजक र लक्ष्मण तिवारी सह संयोजक रहेको सचिवालय बनाइएको छ । बैठकले मोहन कुमार डाँगी संयोजक रहेको आर्थिक उपसमिति, बाबुराम थापा संयोजक रहेको स्वयँसेबक उपसमिति र शिब ढुँगाना संयोजक रहेको स्वास्थ्य उपसिमिति गठन गरेको छ ।

बसन्तपुरमा मंसीर २८ गते हुने बिशाल आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आमसभामा कोशी प्रदेशको बिकास र सम्बृद्धिका लागि तयार पारिएको खाँका पार्टी अध्यक्ष ओलीलाई बुझाउने कार्यक्रम छ ।

बैठकले कोशी प्रदेश नामाकरणका बारेमा सन्र्दभमा भएका सबै प्रक्रियाका बारेमा जनतालाई बुझाउन पर्चा बितरण गर्ने निर्णय गरेको छ । उपलब्ध केन्द्रीय सदस्यहरु, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभाका पार्टी जिल्ला अध्यक्षहरु, प्रदेश कमिटिका सदस्यहरुलगायत सहभागि बैठकले ५ सय जनाको स्वयँसेवक टोली निर्माण गरेको छ ।

आमसभाका क्रममा स्थानीय जातीय झाँकी सहित साँस्कृतिक कार्यक्रम गरिने एमाले कोशी प्रचार बिभाग प्रमुख लक्ष्मण तिवारीले बताउनुभयो । एमालेले मध्यपहाडको विकास र समृद्धिका लागि मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा तेह्रौं दिन अर्थात मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ ।

Back to top button