कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उहाँ अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया जानुभएको हो ।

उहाँले अष्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नुहुने छ । शनिबार अष्ट्रेलिया उड्नुभएका उहाँ जनवरी १६ तारिखमा नेपाल फर्कीनुहुने छ ।

Back to top button