पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत सङबीच भेटवार्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सङबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहनुभएका खनाललाई भेट्न चिनियाँ राजदूत सङ आज बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो ।

उहाँहरूबीच आपसी हित एव द्विपक्षीय चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ ।

Back to top button