मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर पार्किङ गर्नका लागि ब्याक गर्ने आइतबार अपराह्न साढे ३ बजेतिर भिरबाट करिब ३ सय मिटर तल खसेको थियो ।

Back to top button