नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को ६९औँ केन्द्रीय सचिवालय बैठक जारी छ ।

पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी,अन्तरपार्टी निर्देशन (अपानी) ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।

पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भएपनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

Back to top button