एमाले अध्यक्ष ओलीलाई राउटे समुदायद्वारा उपहार

दैलेख । लोपउन्मुख राउटे जातीका मुखिका सुर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोशी उपहार दिनुभएको छ ।

एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको क्रममा आज दैलेख पुग्नुभएका अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदै आएको काठबाट बनाएको कोशी उपहार दिनुभएको हो ।

उपहार ग्रहण पश्चात एमाले अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाई दिनुभयो । राउटे मुखियाले दिनुभएको उपहार एमाले अध्यक्ष ओलीले रुचिपूर्वक ग्रहण गरी लिँदा लिँदै खोलेर हेर्नु भयो ।

एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताउनुभयो ।

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नु होला भन्ने लागेर भेट्न आएको बताउनु हुँदै राउटे मुखिया शाहीले भन्नुभयो,‘हामी प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न आयाको (आएको) हामीलाई जंगलबस्न समस्या छ । ओलीज्यू काठमाडौं गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं।’

यस्तै, राउटे समुदाय नेपालको अति लोपोन्मुख आदिवासी समुदाय हो । यो समुदाय अहिले पनि स्थायी घर बनाएर बस्ने गर्दैन। अहिले पनि राउटेहरू जङ्गलमा नै अस्थायी घर बनाएर बस्ने गरेका छन् ।

Back to top button