एमालेलाई सरकारमा जानबाट कसैले रोक्न सक्दैन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जानबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ ।

आज दैलेखको सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिर गर्नुभयो। एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेलेमात्र विकास सक्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताउनुभयो।

उहाँले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राख्नुभयो।

Back to top button