नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)को ६९औं केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । हिजोदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।’

Back to top button