तोलामा ८ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको भाउ घटेको छ।

गत सोमबार प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँ पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार र बुधबार गरी दुई दिनमा तीन हजार दुई सय रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

हिजो छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला एक हजार चार सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदी प्रतितोला एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Back to top button