दुबईमा थुप्रिएरमात्रै जलवायु परिवर्तनको असर कम हुन्न : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएरमात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले कोप २८ लाई लक्षित गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

जलवायु परिवर्तनको असर कम गर्न आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने पनि रानाले औंल्याउनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो हरेक कुरामा पारदर्शिता हुनुपर्छ । युवाहरूलाई उद्यमी हुनका लागि त्यस्तै सरकारले विधेयकहरु बनाउनुपर्छ । सहज बनाइदिनुपर्छ । साथै पारदर्शिता पनि हुनुपर्छ । तपाईँहरू कोको गएर आउनुभयो, कोप २८ मा? क्लाइमेट चेन्जमा धेरैजना जानुभएको छ । दुबईमा थुप्रिएर, मन्त्री भेटेरमात्रै क्लाइमेट चेन्ज परिवर्तन हुने होइन । तपाईँ–हाम्रो हर एक्टिभिटिबाट क्लाइमेट चेन्ज हुन्छ । यहीँबाट गरौँ न ।’

Back to top button