विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी

विराटनगर । विराटनगरको एक कवाडी गोदाममा आगलागी भएको छ । आज दिउँसो सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको हो ।

महानगरको २ वटा दमकले आगो निभाउने प्रयास जारी रहेको छ । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यस्तै, आगलागीमा परी ५ जना घाइते भएको र घाइते ५ जनाकै अवस्था गम्भिर रहेको बताइएको छ । घाइते मध्ये १ जनालाई कोशी अस्पतालमा र ४ जनालाई न्यूरो अस्पतालमा भर्ना गरिएको बताइएको छ । यस बारे थप विवरण आउन बाकी छ ।

Back to top button