कवाडी गोदाम आगलागी अपडेटः १ जनाको मृत्यु

विराटनगर । विराटनगरमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आज दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको हो ।

घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । अन्य घाइतेमध्ये ३ जना अजिता सरदार,सुशीला पासवान, पिंकी कामतको न्युरोमा र १ जना किशोर कामतको कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचारतमध्ये २ जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको हो । उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र १ जना मानिस जलिरहेको देख्न सकिन्छ । तर,आगो नियन्त्रणमा नआएकाले उद्धार गर्न सकिएको छैन ।

कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

Back to top button