![](https://koshisandesh.com/wp-content/uploads/2021/07/Jasapa-1.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/07/Jasapa-1.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको ३ महिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो ।