विराटनगरको सातघुम्तीमा आगलागीः २ जनाको मृत्यु, १ जनाको पहिचान खुल्न बाकी

विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये १ जनाको पहिचान खुल्न सकेको छैन ।

विराटनगर–७ का दिपक मण्डल र अर्का १ जनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवान उपचार भईरहेको छ । उनीहरुको ८० प्रतिशत शरीर जलेकोले गम्भीर रहेका छन् । पिंकी कामत र किसोर कामत समेत घाईते भई उपचार भईरहेको छ ।

Back to top button