ग्रेडेड स्कुलमा हाजिरी जवाफ प्रतियोगिता

विराटनगर विराटनगर–८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले अन्तर हाउस हाजिरी जवाफ प्रतियोगिता अयोजना गरेको छ । जुनियर तर्फ निलो हाउसका सफल भेट्वाल, करिना काफ्ले र सारा श्रेष्ठ प्रथम हुनुभयो ।

प्रश्रय विष्ट, अदिती झा र आशना पोख्रेल हरियो हाउसबाट दोश्रो हुनुभयो । सिनियर तर्फ हरियो हाउसको रोशनी साह, प्रियन्का चौधरी , सृजना राजवंशी प्रथम र रातो हाउसको प्रसान्त कामत, कृति श्री थापा र उत्सव बस्नेतले दोस्रो स्थान हासिल गर्नुभयो ।

प्रतियोगितामा जुनियरतर्फ कक्षा ५–७ र सिनियरतर्फ ८–१० सम्मका स्कुलमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो । विजेतालाइ स्कुलका सेकेण्डरी हेड विपिन यादवले प्रमाणपत्र , मेडल र पुरस्कार प्रदान गर्नुभयो ।

Back to top button