प्रधानमन्त्री प्रचण्ड धनगढीमा

गोदावरी । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज धनगढी आइपुग्नुभएको छ ।

धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उहाँ बिहान धनगढी आइपुग्नुभएको हो ।

प्रधामन्त्री प्रचण्डले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गर्नुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्ड अहिले कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ । सोपश्चात प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

Back to top button