१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा गएराति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा हुनुहुन्छ ।

गएराति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई प्रहरीले पक्राउ गरेको थियो । सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव टोकराज पाण्डेले बताउनुभयो ।

Back to top button