यु–१९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १ सय ५३ रनको लक्ष्य

काठमाडौं । यु–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ‌ओभरमा अलआउट हुँदै १ सय ५२ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाउनुभयो । ७६ बल खेल्नुभएका उहाँले ३ चौका र १ छक्कासहित अर्धशतक प्रहार गर्नुभएको हो । यस्तै, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

युवा टोलीका कप्तान देव खनाल शून्य रनमै आउट हुनुभयो भने राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गर्दै आउनुभएका गुल्शन झा १ रनमै पेभेलियन फर्किनुभएको थियो । नेपाललाई सस्तैमा आउट गर्न पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ६ विकेट लिनुभयो। ९ दशमलव २ ओभर बलिङ गर्नुभएका उहाँले १९ रनमात्र खर्चीनुभएको थियो।

Back to top button