विराटनगरबाट लागुऔषधसहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानरगपालिका–१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान–१७ का २१ बर्षीय बाल कृष्ण खड्का र गौरादह नगरपालिका–४ झापाका ३८ बर्षीय हरी बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री खड्काको साथबाट प्रतिबन्धित औषधी नाइट्रोभेट–५५ ट्याप्लेट र ठकुरीको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

यस्तै, लागुऔषधसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button