आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top button