आईपीओ निकाल्दै रंगुन खोला हाइड्रोपावर

काठमाडौं । रंगुन खोला हाइड्रोपावले आम सर्वसाधारणका लागि आईपीओ निकाल्दै छ । कम्पनीले आईपीओ निष्कासन गर्ने जस्ता प्रस्तावसहित आगामी फागुन ९ गते वार्षिक साधारणसभा बोलाएको बताएको छ ।

सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्ने बताइएको छ । यससँगै, गत आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरिने कम्पनीले बताएको छ ।

साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई पनि मूर्तरूप दिने उल्लेख छ ।

सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय गरिएको छ । सो कम्पनीको वार्षिक साधारणसभा काठमाडौंको रजिस्टर्ड कार्यालय, सुकेधारा हुने छ ।

Back to top button